बुधबार ०५ माघ २०७८

“कंचनपुर महेन्द्रनगर :- बोधिसत्वा विहारको सहयोगमा र हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्धको महाअभियानको संयोजकत्वमा देशका विभिन्न जिल्लामा स्वास्थ्य सामाग्री वितरण गर्ने क्रममा आज सुदुरपश्चिमका सबै जिल्लाहरुमा सामाग्री बितरण गर्ने काम सम्पन्न गरिएको छ।

“सुदुरपश्चिम प्रदेश नं ७ मा स्वास्थय सामाग्री वितरण को जिम्मा लिएर काम गर्नु हुने  प्रदेश सयोजक,  हिरा बोहरा लगाएत समपूर्ण “हाम्रो नेपाल हामी नेपाली” अभियान को टिम अहिले सुदुरपश्चिमका सबै जिल्लाहरुमा,स्वास्थ सामाग्री लिएर पुग्दैछ।

“साथै प्रदेश नं ७ मा स्वास्थय सामाग्री वितरण को जिम्मा लिएर काम गर्नु हुने  प्रदेश सयोजक,  हिरा बोहरा ले  स्वास्थ सामग्री बितरण गरे  लगत्तै  अनुगमन को तयारीमा रहेको उनले जानकारी दिए.

“उन ले भने ,सुदुरपश्चिममा स्वास्थ्य सामाग्री लगेका सबै जिल्लामा हामी अनुगमन गर्ने छौ,कसरी कहाँ प्रयोग गरिएको छ।यदि सहि ढंगले प्रयोग गरिएको छैन,व्यापार गर्ने गतिविधि देखिएमा, समान जफत सहित कार्वाही गर्नेछौ। भन्दौ सयोजक हिरा बोहराले भने।”


Last Updated on: June 25th, 2021 at 7:21 am
३४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया