शनिबार १५ माघ २०७८

झापा । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज को’रो’ना’बाट नि’धन भएको छ ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उहाँलाई गत आइतबार को’रो’ना स’ङ्क्र’मण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको नि’धन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

उहाँको पत्नी राधा थापासमेत को’रो’ना स’ङ्क्र’मण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुनछ। उहाँकाका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।

छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन लिम्बूले बताउनुभायो। विसं २०६२\६३ को ज’नआ’न्दो’लन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा ला’गू भएको हो ।

यसलाई नेपालको सं’विधान २०७२ मा राखिएको छ ।


Last Updated on: June 25th, 2021 at 4:30 pm
२०५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया