सोमबार १० माघ २०७८

काठमाडौं । भोजपुर जिल्ला निवासी र सो जिल्लाबाट कलेज उत्तिर्ण गरेर विद्यावारिधी सम्म पुग्ने पहिलो महिला प्राध्यापक डा. नयना प्रधानको ६६ वर्षको उमेरमा गत असार सात गते सोमवार काठमाडौंमा नि’धन भएको छ ।

वि.सं. २०१२ सालमा भोजपुरमा जन्मिएकी प्रधानले सोही जिल्लाबाट स्कूल सम्मको अध्ययन सकेर काठमाडौं आई नेपाली विषयमा विद्यावारिधी गरेकी थिइन् ।उनले नेपाली महिला साहित्यकार र तिनको लेखन् प्रवृत्तिको विषयमा पीएच.डी. गरेर सोही विषयमा केही कृतिहरू पनि प्रकाशित गरेकी थिइन ।

प्रधानका प्रकाशित भएका उल्लेख्य पुस्तकमा पारिजातः परिचय र अस्तित्ववाद, तोया गुरुङको नवीनतम कवितात्मक उपलब्धि, नेपाली कथा र उपन्यासको विश्लेषण, सूर्यदह, पहेँलो गुलाफ फूलभित्रका कथाहरू रहेका छन् । उनको पुस्तक ‘कथाकार तोया गुरुङ र उनका कथाहरूको मूल्यांकन’ प्रकाशोन्मुख रहेको छ ।

भक्तपुर बहुमुखी क्याम्पसकी नेपाली विभाग प्रमुख रहिसकेकी प्रोफेसर प्रधानले नेपाल विद्याभूषण ‘क’ श्रेणीको पदक २०६६ सालमा प्राप्त गरेकी थिइन्।उनी केही समय बहुविचार नामक साप्ताहिकको सम्पादक तथा प्रकाशक पनि रहेकी थिइन्।

भोजपुरको हुलाकी खलकमा जन्म लिएकी प्रधान २०२८ सालमा काठमाडौंमा अध्ययनका लागि तीनदिनको पैदल बाटो हिंडेर धरान र त्यहाँबाट बस चढेर उनी काठमाडौं पुग्ने उनी एक साहसी महिला थिइन्। काठमाडौंमा स्नातकोत्तरसम्मको अध्ययन सकेपछि केही समयको लागि आफ्नै जिल्ला फर्केर उनले भोजपुर क्याम्पसमा पनि प्राध्यापन गरेकी थिइन् ।

उनले मुख्यतः भक्तपुर क्याम्पसमा प्राध्यापन गरिन् र नेपाली विभागको प्रमुखको रुपमा केही समय काम गरेर अवकाश प्राप्त गरेकी थिइन् । एक वर्षअघि उनको प्यान्क्रियाजमा क्यान्सर देखिएको थियो । सोही रोगको उपचार गर्दा गर्दै असार सात गते उनको निध न भएको थियो । प्रधानका श्रीमान् भीम प्रसाद श्रेष्ठ पनि धेरै वर्ष नेपाली

पत्रकारितामा संलग्न एक पुरानो नाम हो । प्रधानका श्रीमान्, एक छोरी र एक छोरा छन् । डा. नयना प्रधान वरिष्ठ कथाकार परशु प्रधान तथा वरिष्ठ कवि शैलेन्द्र ‘साकार’ की जेठी बहिनी हुन् ।नेपाल खबर


Last Updated on: June 28th, 2021 at 9:56 am
६६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया