बुधबार १२ माघ २०७८

काठमाडौँ । नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि प,हिरोपीडि,तलाई सहयोग गर्नुभएको छ । उहाँले गत वर्षको पहिरोले

विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभा,वितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गर्नुभएको हो । आज चौतारा पुगेर सो सहयोग जिल्ला विप,द

व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामान छन ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको जानकारी दिनुभयो ।

त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभा,वितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो । न्युज२४ बाट


Last Updated on: June 28th, 2021 at 9:55 pm
५४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया