बुधबार ०५ माघ २०७८

दाङ – दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा आज (सोमवार) गरिएको पीसीआर

परीक्षणमा घाेराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो । साेमवार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई सय ६१ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा दुई सय एक जनामा

पोजेटिभ देखिएको हो । सङ्क्रमित हुनेहरूमा घोराही र तुलसीपुरका धेरै छन् । योसँगै दाङमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक हजार आठ सय नाघेको छ । अहिलेसम्म दाङमा कोरोनाबाट ८१ जनाकाे ज्यान गएकाे छ ।यो पनि,  मोरङमा सङ्क्रमणबाट पाँचको मृत्यु कोरोना सङ्क्रमणबाट मोरङमा आज पाँच जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेशनमा एक जना रहेका छन् ।मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । निजलाई कोरोना पोजेटिभ देखिएपछि

सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही वैशाख १३ गते उपचारका लागि भर्ना गरिएको थियो । निजलाई निमोनियाको पुरानै समस्या रहेको

अस्पतालले जनाएको छ ।यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना थियो र दमको पुरोना समस्या रहेका अस्पतालले जनाएको छ ।प्रदेश नं २ को सप्तरी हनुमान नगर–कङ्कालनी–२ का ३५ वर्षीय

पुरुषको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । कोरोना पुष्टी भएपछि उपचारका लागि यही वैशाख १७ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक दाहालले बताउनुभयो ।बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेशनमा आज मृत्यु भएको छ । निजलाई यही वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेका थिए ।


Last Updated on: May 4th, 2021 at 5:39 pm
२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया