शनिबार ०८ माघ २०७८

हनीमुनबाट फर्किए लगत्तै पति कोरोना संक्रमित भएपछि पत्नीले गरिन् सम्बन्ध बिच्छेद

‘एजेन्सी । पति र पत्नीको उत्कृष्ट सम्बन्ध हुन्छ । कयौपटक सामान्य झगडा भए पनि सम्बन्ध झन मजबुद हुँदै जान्छ । तर, भारतमा भने विवाह पछि हनिमुनसँगै गएका जोडी मध्ये श्रीमतीले घर फर्किए लगत्तै सम्बन्ध विच्छेद गरेकी छिन् ।’

‘वास्तवमा ती जोडी भारतको बैंगलोरका हुन् । विवाहपछि जोडी हनिमुन गएका थिए । हनिमुनबाट फर्किए लगत्तै पतिलाई कोरोना संक्रमण पुष्टि भएको थियो । आफ्नो पतिलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि पत्नी रिसाइन् । र रिसको झोकमा माइती गइन् ।’

‘हनिमुनबाट फर्किए लगत्तै पति संक्रमित भए पछि दुवैजनालाई आइसोलेसनमा बस्न पठाए को थियो । तर, ती महिला आइसोलेसनबाट भागेर प्लेन चढेर दिल्ली पुगिन् र दिल्लीबाट ट्रेन चढेर माइती पुगेकी हुन् ।’

‘यो हल्ला बेंगलौर देखि आगरासम्म पुगेपछि उनलाई प्रशासनले सोधपुछ गर्दा पतिसँग बस्न नचाहेको बताएकी थिइन् । प्रशासनले प्रहरीलाई जिम्मा लगाएको छ । एजेन्सी’

यो पनि,,भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा

‘१७ असार, काठमाडौं । सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको…

‘सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् ।नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए । देउथल हाल भारतको उत्तराखण्ड राज्यमा पर्दछ।’

‘१९७२ साल वैशाख ६ गते उनको मृत्यु भएको इतिहासमा पढ्न पाइन्छ । अंग्रेज सेनाले साहसी सैनिकको रुपमा सम्मान गर्दै उनको श’वलाई पूर्ण सम्मानका साथ फर्काएको थियो ।’

‘लम्जुङमा जन्मिएका भक्ति थापा गोरखासँगको अन्तिम युद्धमा पराजित भै युद्धबन्दीका रूपमा काठमाडौं पुगेको र करीब एक वर्षपछि उनी नेपाली फौजका सरदार भै नेपाल एकी’करण अभियानमा सं’लग्न भएको बताइन्छ।’

यी हुन् नेपालका राष्ट्रिय विभूतिहरु

१) गौतम बुद्ध
२) अंशुवर्मा
३) सीता
४) जनक
५) अरनिको
६) रामशाह
७) अमरसिंह थापा
८) पृथ्वीनारायण शाह
९) भानुभक्त आचार्य
१०) भीमसेन थापा
११) बलभद्र कुँवर
१२) श्री ५ त्रिभुवन
१३) मोतीराम भट्ट
१४) शंखधर शाख्वा
१५) पासाङ ल्हामु शेर्पा
१६) महागुरु फाल्गुनन्द
१७) भक्ति थापा


Last Updated on: July 1st, 2021 at 3:13 pm
२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया