बुधबार ०५ माघ २०७८

काठमाडौ । विरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स बाढीले पुरीदा बिरामीको मृ’त्यु भएको भने चालक घा’इ’ते भएका छन् ।

कास्कीको पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स बा’ढीमा पुरिएको हो । बा’ढीमा ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा त्यसमा रहेका बिरामीको मृ’त्यु भएको छ भने चालक घा’इ’ते भएका छन् ।

मादी गाउँपालिका वडा नं। ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउने क्रममा खहरे खोलामा एक्कासि बाढी आएर एम्बुलेन्स पुरिएको हो । एम्बुलेन्स पुरिँदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको मृ’त्यु भएको छ । माथिबाट बा’ढी आएपछि भाग्ने क्रममा एम्बुलेन्स चालक सुवास अधिकारीलाई बगाएको थियो ।

उनलाई स्थानियले उद्धार गरेर अस्पताल लगेका थिए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अनुसार जेसिवीको सहायताले बा’ढी’बाट एम्बुलेन्स निकालिएको र पोखरा ल्याउने तयारी भइरहेको छ । एम्बुलेन्सका सहचालक भने सकुशल छन् । फाइल तस्बिर


Last Updated on: July 1st, 2021 at 6:04 pm
५६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया