शनिबार १५ माघ २०७८

धनगढी : धनगढीका एक जना घरबेटीले एक महिनाको भाडा छुट गरेका छन्।

उप–महानगरपालिकाको वडा नम्बर २ का नन्दलाल जोशीले एक महिनाको २ लाख २० हजार घरभाडा छुट गरेका हुन्। पूरानो भन्सार रोड नजिकै मुख्य बजार मा रहेका पाँच सटरको भाडा छुट गरेको जोशीले बताए।

जोशीको यो कार्यलाई सर्बत्र प्रसंसा गरिएको छ!को’रो ना भा,इ,रस फै’लिएपछि जारी भएको नि’षे’धा’ज्ञाका कारण व्यापार व्यवसाय ठप्पहुँदा भाडा तिर्न निकै स’मस्या भएको समयमा भाडा मिनाहा गरेपछि ठूलो राहत भएको तन्दुरी बाइटका सञ्चालक मनोज जेठाराले बताए।

पहिलो लहरको को’रो नाले प्रभाव पारेको व्यवसाय लयमा आउने बेला नै दोस्रो लहरको सं’क्रम’ण फै|लि’एपछि पुनः नि’षे’धाज्ञा जारी भएको थियो।उक्त अवधीमा पनि व्यापार व्यवसाय ठप्प हुँदा भाडा कसरी तिर्ने भन्ने चिन्ता रहेकोमा भाडा छुट गरेपछि केही सहज भएको जोशीकै सटरमा व्यवसाय गर्दै

आएका नविन विष्टले बताए। नि’षे’धा’ज्ञाको समस्या बुझेर घरबेटीले भाडा छुट गरेपछि व्यापारीहरुले घरमालिक लाई खादा ओढाएर सम्मान गरेका छन्। घरबेटीले एक महिनाको भाडा छुट गरेपछि आफु निकै खुसी भएको ग्ल्यामर ब्यूटीपालरकी सञ्चालिक लक्ष्मी भूषालले बताइन्।


Last Updated on: July 5th, 2021 at 12:52 pm
८२० पटक हेरिएको

तपाईको प्रतिक्रिया