सोमबार १० माघ २०७८

नेपाल फर्किन जहाज कुरेका एक नेपालीको साउदी अरबमै मृ’त्यु

रोजगारीको सिलसिला साउदी अरबमा पुगेका एक नेपाली श्रमिकको मृ’त्यु भएको छ । साउदीको रियादस्थित अल हाईडेर कम्पनीमा कार्यरत सिरहा कल्याणपुर नगरपालिका-४ डरौलका ४८ बर्षीय बिन्देश्वर महराको मृ’त्यु भएको हो ।

विगत १६ वर्ष देखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ बिट मारेर घर फर्किने तयारीमा रहेका बेला एक्कासी मृ’त्युको खबर आएको मृ’तकका ज्वाइँ सञ्जयले जानकारी दिए ।

उनलाई उच्च र’क्तचा’पकाको कारण कम्पनीले एक साताअघि साउदीको एक अस्पताल भर्ना गरेको थियो । कम्पनीले स्वा’स्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला एक्कासी मृ’त्युको खबर आएपछि परिवार विक्षिप्त भएको उनले बताए ।

मृ’तक महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा रहे पनि सं’क्र’म’णका कारण नेपाल सरकारले हवाई उडानमा प्र’ति’बन्ध लगाएपछि साउदीमै रोकिएका थिए । मृ’तकका श्रीमती, ३ छोरी र १ छोरा छन् ।


Last Updated on: July 6th, 2021 at 9:02 am
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया