सोमबार १० माघ २०७८

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको का’नु’न–नी’ति र सर्वोच्चको फै’स’लालाई सबैले पालना गर्नुपर्ने बताएका छन् ।

नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले भने ‘हामी नी’ति बाहिर जानुहुन्न,’ ‘स’र्वोच्च अ’दालतको फै’स’ला र महानगरपालिकालको का’नु’न–नी’ति’लाई उ’ल्लं’घन गर्न पाइन्न । जे नी’ति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’

शाक्यले ‘को’भि’ड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको बताए । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगत रुपमा धन्यवाद,’ शाक्यले भने, ‘तर, सर्वोचको आ’देश र महानगरपालिकाको का’नुन–नीति उ’ल्लंघ’न गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’

प्रमुख शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न आफू जहिले पनि तयार रहेको बताए । ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु,’ उनले भने, ‘सर्वोच्च अ’दा’लतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । त्यसैले मेयरलाई देखाइदिन्छौं भनेर नीति–नियमको उ’ल्लं’घन गरी योजना’व’द्द ढंगले अघि बढ्ने हो भने कोही पनि ल’क्ष्यमा पुग्न सक्दैनौँ ।’

०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आ’देश दिएको थियो ।महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ ।

सर्वोच्चको आ’देशलाई कार्यान्वयन गर्दै विगतमा पनि त्यस्ता सागम्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु,’ उनले भने , ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोे’च्चको आ’देश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो ।

त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नी’ति छैन भनेर दिएनौँ । त्यसैले स’र्वोे’च्चको आ’दे’श र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।’ उनले यसअघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिए ।

‘नीति सबैका लागि बराबर हुन्छ,’ भने, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भइरहेको छ । त्यो होइन, नि’धे’ष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिइ बनाएका त्यस्ता सामग्री हटाएका छौँ ।’

सहकार्यबाट को’भि’ड फ्रन्टलाइनरको सम्मान
उनले स्वास्थ्यकर्मी, से’ना, प्र’ह’री, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउन सहकार्य आवश्यक रहेको प्रष्ट पारे । ‘नि’धे’ष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरुको सम्मान हुँदैन । उहाँहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यो महानगरपालिकाले गरिरहेको छ,’ उनले भने ‘स्वास्थ्यकर्मी, से’ना, प्र’ह’री, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको वि’दितै छ ।’नयाँ पत्रिका दैनिकमा खबर छ।


Last Updated on: July 6th, 2021 at 12:03 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया