शनिबार ०८ माघ २०७८

चितवन । नवलपुरको गैंडाकोट नगरपालिकाको झपर्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना ह`राएपछि अहिले परिवार ठूलो सम`स्यामा परेका बेला बिनाका प्रेमी भनिएका युवक प्रवेश कँडेल समा`तिएका छन् ।

असार १८ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवे`श कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको स`ल्लाहमा नै निस्किएका थिए । तर आधा घण्टामा नै फर्किन्छु

भनेर घरबाट नि`स्किएकी छोरी विना एक साता लामो समय हुँदा पनि नर्फ`किएपछि परिवार त`ना`वमा रहेको बाबु जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्र`ह गरेका छन् ।

जयश्वर सापकोटाले छोरीको फटोसहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआएकाले देख्नेरभेट्नेले सहयोग गरिदिन आग्रह गरे पनि छोरी अहिलेसम्म फे`ला परेकी छैनन् ।

असार १४ गते विनाका प्रेमीले उनलाई घरबाट स्कुटरमा राखेर लैजानुपूर्व विनाले आफ्ना प्रेमी बेलायत गएपछि अर्की युवतीसँग प्रेममा रहेको र`ह`स्य थाहा पाउँछिन् र सोह विषयमा छलफल गर्न उनले प्रेमी प्रवेशलाई बोलाउँछिन् ।

प्रवेश आएर उनलाई लिएर अर्की युवती कुशुमलाई भेटाउँछन् ।भेटे लगत्तै विना बे,हो,श भएको र कुसुमको घरमा लगेको प्रवेशले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।बिना बेहो,स भएपछि प्रेमी भनिएका

युवकले विनाका बाबुलाई फोन गरेर जानकारी गराउँछन् ।र उनी पैसा निकाल्न एटिएम बुथमा छिरेपछि बिना एकाएक हरा,उँछिन् । फिल्मको जस्तो यो दृश्य भरतपुरको चौबिसकोठीको हो ।

प्रहरीले प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रवेशको साथबाट विनाको मोवाइल फे`ला पारेको आधारमा अनुसन्धान अगाडी बढाइएको छ ।२१ वर्षीया विना गैंडाकोटमै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्।

विनाले प्रवेशलाई ५ वर्षदेखि प्रेम गर्दै आएको बाबुले पनि स्विकारेका छन् । यसअघि नै भाग्ने तयारीमा रहेका यो जोडीलाई पारिवारिक सहमतिमा उमेर पुगेपछि विबाह नै गरिदिने सल्लाहमा जयश्वर सापकोटाले छोरीलाई थमा`एर राखेको प्रहरीलाई

दिएको बयानमा उल्लेख गरेका छन् ।विना हराएको दिन जयश्वर सापकोटा र प्रवेश दुवै प्रहरीलाई जानकारी गराउन प्रहरी कार्यालय पुगेका थिए । हि’रासतमा रहेका प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ।

उनले अहिले नै विनासँग विबाह गर्ने प्रस्ताव राखेको भएता पनि परिवारले अझै २ वर्ष कु`र्नका लागि आग्रह गरेको थियो । जायश्वरका ३ छोराछोरीमध्ये विना कान्छी हुन्। उनका एक छोरा साथमा नै छन् । जेठी छोरीको विबाह भइसकेको छ । नेपाल खबर बाट


Last Updated on: July 7th, 2021 at 1:47 pm
८६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया