सोमबार १० माघ २०७८

काठमाडौं । गत असार ९ गते बिहान ५ बजेर ५५ मिनेटदेखि ८ बजेर १५ मिनेटसम्म नेपाल टेलिकमका सेवाहरु पूर्ण अवरु’द्ध भएका थिए ।

दुई घण्टा २० मिनेट सञ्चार बि’च्छेद भएको उक्त घ’ट’नालाई धेरैले सामान्य रुपमा लिए । यसका पछाडि रहेको ग’म्भीर चलखेल भने असामान्य थियो ।

यो र यस्तै च’लखेलका कारण टेलिकम धरासायी हुने जो’मि’ख बढेको छ । टेलिकमले हाम लोकेसन रजिष्ट्रेशन (एचएलआर) प्रविधिले काम नगर्दा कल फरवार्ड हुन नसकेकाले सेवा रोकिएको भन्दै आएको छ । अर्कातिर टेलिकम सञ्चालक समितिले यसमै छानबिन समिति बनाएको छ ।

त्यसले बेलामा काम भने गर्न पाएन । सेवा अवरु’द्ध भएको विषयमा टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले व्यापार प्रमुख प्रतिभा वैद्यको संयोजकत्वमा असार ९ गते ७ दिनको म्याद तोकेर ५ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेका थिए ।

छानबिन समितिले तोकिएको म्याद सकेर बल्ल छानबिन गर्न सुरु गरेको छ । स्रोतका अनुसार उक्त चलखेल र छा’नबिनमा ढिलाइका पछाडि टेलिकम उच्च व्यवस्थापनको हात रहेको पाइएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीकै द’बाबका कारण छानबिन गर्न ढि’लाइ गरेको स्रोतको दाबी छ । ग’म्भी’र संवे’दनशील प्रमाणहरु न’ष्ट गर्ने उद्देश्यले छानबिन पछि सार्दै आएको स्रोतको भनाइ छ । अन्नपूर्ण


Last Updated on: July 8th, 2021 at 9:09 am
३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया