शनिबार ०८ माघ २०७८

काठमाडौं । राष्ट्रियसभाको एक समितिले तत्त्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ । ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बकस अहिलेसम्म गायव छ ।

त्यो बाकस फेला परेमा सन्धि सम्झौता, सीमासम्बन्धी नक्साको सूची रहेको तथ्य फेला पार्ने इतिहासविद्को भनाइ छ ।राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले इतिहासविदसँगको छलफलपछि लाल बाकसको खोजी

कार्य गरेको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।समितिको २०७७ ०७८ वार्षिक प्रतिवेदनमा पनि यसबारेमा उल्लेख गरिएको छ । तर, त्यो बाकस कसरी गायव भएको छ

त्यसबारे थप अनुसन्धान भइरहेको समितिले जनाएको छ ।यस क्रममा समितिले तत्कालीन राजदरबारका पदाधिकारी, परराष्ट्र अधिकारी, सैनिक अधिकारी, इतिहासविद् र अभिलेखालय प्रमुखसँग छलफल गरेको छ ।

उनीहरुले यो बाकस महत्वपूर्ण रहेको भन्दै खोजी गर्नुपर्ने बताएका थिए । इतिहासविद् ज्ञानमणि नेपाल, योगी श्रीषनाथ, इ

तिहासविद् महेशर।ाज पन्तले पनि लालबक्सको खोजी गर्नुपर्ने सुझाव दिएका छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।


Last Updated on: July 8th, 2021 at 3:37 pm
२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया