बुधबार ०५ माघ २०७८

पुस्कर खतिवडाले गतसालको लकडाउन बाटनै कोरोनाको आयुरबेर्दिक औषधी म तयार पार्छु भनेर मिडियामा आएका थिए । उनले औषधी बनाएर धेरैलाई निशुल्क बितरण गर्ने अभियाननै चलाए अनि धेरैलाई निको भएको पनि घोषण गरेका थिए ।

यसपाली पनि उनले कोरोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि औषाधीको कारणले एकजनाको पनि मृत्यु भएमा आफु मर्न तयार रहेको बताएका छन् ।

यतिबेला भाइरल छ उनके भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले कोरोना दवाई खाएको बताएका छन । उनले अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा कोरोना च्वाटै,१५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् ।

यो पनि,  स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र नयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् ।

जिल्लाका अस्पतालमा आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढिरहेका छन् । अस्पतालमा शय्या भरिन थालिसकेका छन् । यस्तो अवस्थामा कोरोना फैलिनबाट रोक्न जिल्ला प्रशासन कार्यालयले चितवनमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ ।

बिरामीलाई शय्या अभाव हुन नदिनका लागि आइसालेशन तयार गर्न प्रशासन कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ । भरतपुर महानगरबाहेकका सबै स्थानीय तहले अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई लक्ष्य गरेर अक्सिजनसहितको आइसोलेशन

शय्या तयार पारेका छन् । रत्ननगर नगरपालिकाले दुई ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेको जनाएको छ । वडा नं १६ वडा कार्यालयको सभाहलमा २० शय्या र रत्ननगर अस्पतालमा आठ शय्याको आइसोलेशन केन्द्र तयार गरी सञ्चालनमा ल्याएको हो ।

होम आइसोलेशनमा बस्ने वातावरण नभएका सङ्क्रमितलाई राख्ने गरी वडा कार्यालयको सभाहल र अस्पतालमा आइसोलेशन तयार गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँले आइसोलेशनमा राख्न हाललाई जम्मा सातवटा अक्सिजन सिलिन्डर पाइएको बताउँदै अरु शय्यामा अक्सिजन खोजिरहेको बताउनुभयो ।

उहाँले सामान्य अवस्थाका बिरामी होम आइसोलशनमै रहेको र जटिल नभएसम्म अस्पताल नआउन भनिएको बताउनुभयो । नगरपालिकाले तयार गरेको आइसोलशनमा सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मी र औषधिको समेत व्यवस्था गरिएको छ । कोरोनाको दोस्रो लहर शुरू भएपछि वैशाख १ गतेयता रत्ननगरमा १०८ मा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये नौ जना अस्पतालमा उपचारत रहेको र ९९ होम आइसोलेशनमा रहेको नगरप्रमुख वनले बताउनुभयो ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले नगरपालिकाले भण्डारा अस्पतालमा अक्सिजनसहित ३० शय्याको आइसोलेशन कक्ष बनाएको बताउनुभयो । अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र आइसोलशनमा राखिने उहाँको भनाइ छ । सामान्य अवस्थाका बिरामीलाई सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न आग्रह गरिएको उहाँले बताउनुभयो ।


Last Updated on: May 5th, 2021 at 2:30 pm
९४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया