बुधबार ०५ माघ २०७८

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको ११ महिनामा घरभाडामा मात्रै ४ करोड २१ लाख १२ हजार ३ सय ९३ रुपैयाँ खर्च गरेको छ । काठमाडौंस्थित मुख्यमन्त्री सम्पर्क कार्यालय र विराटनगरस्थित प्रदेश सरकारका कार्यालयमा गरी मासिक उक्त रकम खर्च भइरहेको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार मुख्यमन्त्रीको सम्पर्क कार्यालय, प्रदेश सरकारअन्तर्गतका कार्यालय र निवासको भाडामा मासिक ३८ लाख २८ हजार रुपैयाँ खर्च भइरहेको छ ।प्रदेश सरकारले काठमाडौंस्थित महाराजगन्जमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरेर मासिक ३ लाख ५१ हजार ५ सय रुपैयाँ खर्च गरिरहेको छ ।

कार्यालय सहयोगी र हलुका सवारी चालक गरी दुई जना नियुक्त गरेको सम्पर्क कार्यालयका लागि वार्षिक ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको प्रदेश लेखा नियन्त्रणले जनाएको छ ।सत्तारूढ दल एमालेका प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेशमा बजेट अभाव रहेको बेला सरकारले मुख्यमन्त्रीको सम्पर्क कार्यालयलगायतको नाममा गरेको खर्च उपयुक्त नभएको भन्दै विरोध जनाएका छन् ।

उनले सम्पर्क कार्यालयलगायतको घरभाडाको नाममा प्रदेशको बजेट नखर्चिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीको सम्पर्क कार्यालयलगायतको घरभाडाको नाममा करोडौं रकम खर्च गर्न नपाइने बताए ।

संघीय सरकारले मुख्यमन्त्रीको निवासका लागि अपार्टमेन्टको व्यवस्था गरेको अवस्थामा पनि सम्पर्क कार्यालयको अनावश्यक खर्च बढाउनुको औचित्य नभएको उनको भनाइ छ ।कान्तिपुर दैनिक


Last Updated on: July 11th, 2021 at 9:24 am
५४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया