सोमबार १० माघ २०७८

भक्तपुर । विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको ङातापोल्ँह (पाँचतले) मन्दिर ३२० मा प्रवेश गरेको छ । आज (आइतबार) ३ सय १९ वर्ष पुरा भइ ३२० प्रवेशको अवसरमा मन्दिरमा विशेष पूजा गरी मनाइएको छ ।

प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाको दिनलाई पाँचतले मन्दिर जन्मोत्सव मनाइँदै विशेष पूजा गरी मन्दिरको गजुरमा झण्डा फह,राइने परम्परा छ । सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइएको हो ।
कोरोना महामारीका कारण सामान्य पूजा गरेर झण्डा फहराइएको तलेजुका चार जना मूल पुजारीमध्यका एक पुजारी पदम कार्माचार्यले बताउनुभयो । यसअघि पूजामा बोकाको ब,ली दिने परम्परा रहेको थियो । गत वर्ष पनि कोरो,नाको कारण बोकाको ब,ली दिइएको थिएन ।

मन्दिरमा पूजा गर्न राजउपाध्याय, कार्मचार्य, जोशी, राजभण्डारी र ताल्चाभडेल पुजारीहरुसँगै बसी पूजा गर्ने परम्परा छ । तुछिमला टोलका अवालहरुले मन्दिरको गजुरमा झण्डा फह,रा,उने गर्छन् । मन्दिरमा झण्डा राख्नको लागि घर निर्माणकार्यमा विशेष अनुभव र पेशा गर्नै तु,छिमला टोलका अवाल बाहेक अरुलाई मन्दिर माथि प्रवेश नदिने परम्परा चलिआएको छ ।

प्रत्येक वर्ष झै यो वर्ष पनि करिव एक दर्जन अवालहरु मन्दिरमा माथि गएर गजुरमा झण्डा फहरा,एको थियो । सो झण्डा राख्नको लागि चार जना गजुरको चार कुनामा बसेर बानेका थिए । करिव २०, २५ फिट लामो बाँसमा ६६ ईन्छ र चौडाई ४४ इन्चको कपडाको झण्डा फह,राइएको थियो । यस्तो ज्यान जो,खिममा पारेर काम गर्नु पर्ने अवालहरुलाई भक्तपुर गुठी सँस्थानले आर्थिक सहयोग गर्दै आएको छ ।
त्यस्तै जोखिम मोलेर मन्दिरको गजुरसम्म गएर झण्डा फहराउने अवालहरुको जीवन बिमा गर्नु पर्ने र आजको लागि दिँंदै आएको १२हजार नगद नपुग भएकोले बढाउनु पर्ने माग राखी गुठी संस्था भक्तपुरमा निवेदन दिइराखेको र सुनुवाई नभएको राम चन्द्र आवलले बताउनुभयो ।

नेपाल सम्वत ८२२ मा भुपतेन्द्र मल्ल राजाले असार शुक्लपक्ष प्रतिपदाका दिन पहिलो बर्षब,न्ध (बुसादाँ) पुजा शुरु गरेको थियो । अहिले सम्म निरन्तर गर्दै आएको सास्कृतिबिद अ‍ोम धौ,भडेलले बताउनुभयो । पुजाको लागि सम्पूर्ण ख,र्च गु,ठी संस्था भक्तपुरले गर्ने गरिन्छ ।

२०७२ सालको भुकम्पले सबै भन्दा माथिको तल्लामा अलिकति पर्खाल भ,त्कि,एको बाहेक अरु ठूलो क्ष,ति भएको छैन । यस्को पनि गत वर्ष पुणनिर्माण कार्य सम्मन्न गरिसकेको छ ।
न्युज२४ बाट


Last Updated on: July 11th, 2021 at 3:59 pm
५५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया