शनिबार १५ माघ २०७८

काठमाडौ । भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको मृ’त्यु भएको छ । बीबीसीका अनुसार उत्तर प्रदेशमा

आइतबार भएको भारी वर्षाको क्रममा च’ट्याङ पनि परेको थियो । जसको कारण फरक(फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घा’इ’ते भएका छन् । त्यस्तै २४९ पशुहरुको मृ’त्यु भएको समाचारमा उल्लेख छ ।

राजस्थानको राजधानी जयपुरलगायत राज्यका धेरै जिल्लाहरूमा आइतवार भारी वर्षा भयो। च’ट्याङले गर्दा राज्यमा कम्तिमा २० व्यक्तिको मृ’त्यु भएको छ।जयपुरको उत्तरमा ११ जना व्यक्तिले सेल्फी लिइरहेका बेला दु’र्घ’ट’ना भएको छ । यो दु’र्घ’टना भएको समयमा यी व्यक्तिहरू आमेर फोर्टको वाच टावरको

माथि वर्षामा सेल्फी लिइरहेका थिए। जब यो दुर्घ’टना भयो, करिब २७ जना मानिस किल्लाको टावर र भित्तामा थिए। तिनीहरूमध्ये केहीले बिजुली चम्केपछि हाम फालेका थिए ।प्रयागराजमा पनि १३ जनाको निधन भएको छ । च’ट्याङ लागेर मृ’त्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

र प्रयागराजमा चट्याङको कारण मृ’त्यु भएका १३ जनाको परिवारलाई चार लाख राहत उपलब्ध गराउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन् । फिरोजावादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृ’त्यु भएको छ ।

राजस्थानको राजधानी सहर जयपुरका प्र’हरी आयुक्त आनन्द श्रीवास्तवले भने, ‘स्थानीय मानिसहरुको सहयोगमा आमेर किला क्षेत्रमा च’ट्याङ लागेका करिब २९ जनालाई उपचारको लागि अस्पतालमा लगिएको थियो । उनीहरुमध्ये १६ जनाको मृ’त्यु भएको छ ।’ एजेन्सी


Last Updated on: July 12th, 2021 at 12:37 pm
४७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया