बुधबार ०५ माघ २०७८

काठमाडौं, २८ असार । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आजको

फैसलालाई आफ्नो पार्टीले मान्ने बताएका छन् । अदालतको फैसला आएलगत्तै प्राइम टिभीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने,‘हामी अदालतको निर्णय मान्छौं । अदालतको फैसलाअनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुहुन्छ ।

देउवालाई प्रधानमन्त्री बनाउन अदालतले दिएको परमादेश हामी स्विकार गर्छौं ।’ यद्धपी उनले अदालतले धारा ७६ को ५ बमोजिम घह्वीप नलाग्ने भनेर आदले दिएको आदशेमा गम्भीर त्रुटि भएको ज्ञवालीको छ ।

संविधान र लोकतन्त्रको पक्षमा अदालतको फैसला ऐतिहासिक : वर्षमान पुन.

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फै’सला ऐतिहासिक भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पुनले सर्वोच्च अदालतले संविधान, लोकतन्त्र र शा’न्तिका लागि ऐतिहासिक फैसला गरेको प्रतिक्रिया दिएका हुन् । उनले अब मुलुकले फेरि ओलीतन्त्र व्यहोर्नु नपर्ने पनि टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायलयको ऐतिहासिक फैसला, अब देशले ओलीतन्त्र फेरि व्यहोर्नु पर्नेछैन ।’


Last Updated on: July 12th, 2021 at 2:39 pm
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया