सोमबार १० माघ २०७८

नेपाल प्रहरीका जवान राजेशकुमार यादव कारबा`हीमा तान`एका छन् ।

प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी घो`षणा गरेको महिना दिन नपुग्दै यादव का`रबा`हीमा तानिएका हुन् ।

प्रहरीको मनोवल उच्च बनाउँदै अपराध नियन्त्रण, अनुसन्धान एवं ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले नगर प्रहरी कार्यालय विराटनगरमा कार्यरत यादवलाई जेठ महिनाको सर्वोत्कृ`ष्ट प्रहरी घो`षित गरेर पुरस्कृत गरेको थियो ।

जघन्य प्रकृतिका अपराधका फरार प्रतिवादीलाई पक्राउ, चोरी तस्करी निय`न्त्रण लगायतमा उनी अ`ब्बल देखिएको भन्दै तत्कालीन डिआइजी ईश्वरबाबु कार्कीले उनलाई सम्मान गरेका थिए ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेर उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै अपराधमा संलग्न फरार प्रतिवादीहरूलाई पक्रा`उ गरी अपराध अनुसन्धान एवं नियन्त्रणमा विशेष योगदान पु¥याउन यादवले भूमिका खेलेर डिआइजीलाई रिझाएका उनी एक महिना बि`त्न नपाउँदै का`रबा`हीमा तानिएका हुन् ।

जताततै पैसा असुलेको उजुरी अख्तियारमा परेपछि अख्तियारले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन गरेको थियो ।

त्यसबाहेक सीमाबाट हुने तस्करीको लाइन मिलाउनका लागि तत्कालीन प्रहरीका उच्च अधिकारीहरूले परिचालन गर्ने गरेको आरो`प थियो ।

उनले प्रहरीका उच्च अधिकारीलाई मिलाउनु पर्ने भन्दै रकम माग्ने गरेको व्य´हो´राको उ`जु´री अ`ख्ति`यारमा परेपछि छानबिन सुरु गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय रानीका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नवीनराज राईले अ´ख्ति´यारले प्रश्न उठाएपछि केही सोधपुछका लागि बोलाइएको बताए ।

यादवले मोरङको सीमा क्षेत्रबाट हुने अ´वै´ध तस्क´रीको लाइनमा संस्थागत सेटिङको नेतृ´त्व गरेको आरो´प लाग्दै आएको थियो । केटिएम दैनिक बाट


Last Updated on: July 13th, 2021 at 6:43 am
५५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया