सोमबार १० माघ २०७८

काठमाडौं । सरकार परिवर्तन लगत्तै नेपाल कम्युनि’ष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मा’ओ’वादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

खुमलटारस्थित प्रचण्ड निवास पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । विप्लव समूहले केपी ओली सरकारसँग शा’न्ति प्रक्रियामा आउने स’म्झौ’ता गरेका थिए । तर, सो स’म्झौत बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गु’नासो विप्लव समूहले गर्दै आएको छ।

पूर्वसहकर्मी रहेका दुवै नेताबीच लामो समयपछि बुधबार खुमलटारमा भेटवार्ता भएको हो। प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर खुमलटार पुगेका थिए। चन्द र बाँस्तोला प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।

उनीहरू बीचको भेटवार्ता सकिएको छ। भेटमा का’रा’गा’रमा रहेका नेकपाका नेता कार्यकर्ताको रि’हा’इ लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।विप्लवले यसअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका थिए। चन्द नेतृत्वको नेकपाले गतवर्ष केपीशर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको थियो।

जसमा नेकपाका कार्यकर्ता रि’हा र मु’द्दा फिर्ताको विषय प्रमुख थियो। तर, उक्त निर्णय का’र्यान्वयन नगरेरै ओली पदमुक्त भइसकेका छन्। मंगलबार मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियु’क्त भएका छन् भने मा’ओ’वादी केन्द्र पनि सरकारमा सहभागी छ।


Last Updated on: July 14th, 2021 at 6:39 pm
४३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया