बुधबार १२ माघ २०७८

डेढ वर्षपछि अ’दा’लतको सम्पर्कमा आएका गच्छदारले विशेष अदालतका तीन न्यायाधीशको इजलासमक्ष बयान दिँदै माधव नेपालवि’रु’द्ध पोल लगाएका हुन्।

काठमाडौँ । असार ३१, बिहीबार, पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारले बालुवाटारको १ सय १३ रोपनी सरकारी जग्गा न’क्कली मोही खडा गरी व्यक्तिका नाममा गर्ने र प्रधानमन्त्री निवासको जग्गा भूमा’फि’या’को स्वा’र्थमा सट्टापट्टा गर्ने काम तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशनमा भएको खु’लासा गरेका छन् ।

अख्तियार दु’रु’प’योग अ’नु’स’न्धान आयोगले भ्र’ष्टा’चार मु’द्दा दा’यर गरेको डेढ वर्षपछि अदालतको सम्पर्कमा आएका गच्छदारले विशेष अदालतका तीन न्यायाधीशको इजलासमक्ष बयान दिँदै माधव नेपाल’वि’रु’द्ध पोल लगाएका हुन् ।

उनले बयानमा स्पष्टरुपमा लेखाएका छन्, ‘तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरुका सम्बन्धमा मिति २०६५/६६ सालमा तयार भएको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री (माधव नेपाल) को निर्देशनअनुसार मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो ।

विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना लागू गर्नको लागि मेरो मन्त्रालयको सचिव (दीप बस्न्यात)ले तयार गरी मसमक्ष पेस गरेको प्रस्ताव मन्त्रिपरिषदमा लैजानको लागि मैले स्वीकृति दिएको हुँ ।’

गच्छदार उपप्रधान तथा भौतिक योजना मन्त्री छँदा प्रधानमन्त्री माधव नेपाल थिए । नेपाल’वि’रु’द्ध अ’ख्तियारले मु’द्दा चलाएको छैन । जबकि, गच्छदारले अ’ख्तियारको अ’नु’स’न्धानको क्रममा पनि यस्तै बयान दिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष जोडबलमा माधव नेपाललाई जोगाएको आ’रो’प छ ।

तर, तिनै नेपालले अहिले ओलीलाई धो’का दिएर बालुवाटारबाट बालकोट जान बा’ध्य पारेका छन् ।अहिले तिनै नेपालको सहयोग कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै भोलिपल्ट देउवाका एक मुख्य सारथि गच्छदारले नेपालवि’रु’द्ध बयान दिएका हुन् । गच्छदारले अदालतको बयानमा समेत पोलिसकेकाले अब नेपाललाई अ’दा’लतले झिकाउन सक्ने स्रोतहरुको भनाइ छ ।

अ’दा’लतले अ’ख्तियारमार्फत् पनि माधव नेपाललाई झिकाउन सक्छ भने सोझै अदालतमा उपस्थित हुन पत्राचार समेत गर्न सक्छ ।यो प्र’करण अदालतमा गइसकेकाले अदालतले नै नेपालमाथि अ’नु’स’न्धान गरी अभियोजन गर्न निर्देशनात्मक आदेश पनि दिन सक्छ ।

त्यसैले गच्छदारले आफूभन्दा माथिल्लो ओहोदाका पदाधिकारीको बदमासीलाई अदालतको बयानमा लेखाएर भ्र’ष्टा’चार अ’नु’सन्धानमा सघाएको देखिन्छ । यस प्रकारको अभिव्यक्तिलाई विदेशमा ह्वीसिल ब्लोइङ (भ’ण्डाफोर) भनिन्छ ।

गच्छदारले बयानमा स्पष्ट शब्दमा बालुवाटारको जग्गा भ्र’ष्टा’चार का’ण्डमा माधव नेपालको सं’लग्नताबारे लेखाइसकेपछि अदालतले यसबारे थप का’र’वाहीका निम्ति अग्रसरता लिन्छ कि न्यायाधीशहरु खुट्टा कमाउँछन् ? चासोको विषय बनेको छ ।यो खबर बर्णन मिडियामा नारायणप्रसाद दाहालले लेख्नु भएको छ।


Last Updated on: July 15th, 2021 at 6:36 pm
८७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया