बुधबार १२ माघ २०७८

दुबइमा नेपाली युवाले जिते १९ लाख मूल्य पर्ने बीएमडब्लु रेसिङ बाइक !

काठमाडौं। दुबइमा एक नेपालीले बीएमडब्लु रेसिङ बाइक जितेका छन्। दुबइ ड्युटी फ्रिले संचालन गर्ने मिलेनियम मिलियनायर सिरिजमा उनले यो पुरस्कार जितेका हुन्।

खलीज टाइम्सका अनुसार ३० वर्षका नेपाली रोहित मोटेले बीएमडब्लु आर नाइनेट स्क्र्याम्ब्लर ब्ल्याक स्टर्म मेटालिक रेसिङ रेड मोटरसाइकल जितेका हुन् ।उनले अनलाइनमार्फत जुलाइ १ मा किनेको टिकट नम्बर ०५७५ मा फाइनेस्ट सरप्राइज सिरिज

अन्तर्गत यो पुरस्कार जितेका हुन् । बीएमडब्लु डुकाटीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार यसको मूल्य अमेरिका मै १६ हजार डलर पर्छ । जसको नेपाली रुपैयाँ १९ लाख हुन्छ । अमेरिकाबाट नेपाल ल्याउँदा यसको मूल्य अझै धेरै हुन्छ ।सिरिजको १ मिलियन डलर ज्याकपट उपहार भने एक भारतीयले जिते।

भारतको ठाणेका गणेश शिन्देले टिकट नम्बर ०२०७ बाट यो पुरस्कार जितेका हुन्।यस्तै फाइनेस्ट सरप्राइज सिरिज अन्तर्गत ५२ वर्षका दुबइमा बस्ने अस्ट्रेलियाली नागरिक जस्टिन फ्रेन्चले रेन्ज रोभर स्पोर्ट एचएसइ डायनामिक ५.० कार जितेका छन् ।


Last Updated on: July 16th, 2021 at 5:36 am
५०० पटक हेरिएको

तपाईको प्रतिक्रिया