बुधबार ०५ माघ २०७८

विश्व भरीका १० लाख मानिसको मोतियाविन्दुको शल्यक्रिया गर्न तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दूक रुइत र बेलायती अर्बपति तेज कोहलीबीच सम्झौता भएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. सन्दूक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गर्दै उनीहरुबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भएको हो ।

नेपालसहित भारत, इन्डोनेसिया, म्यान्मार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायत १६ मुलुकमा यो फाउन्डेसनले अन्धोपन हटाउने अभियान चलाउने छ ।

मोतियाविन्दुबाट दृष्टिविहिन बनेका विश्वका १० लाख मानिसलाई पुनः दृष्टि प्रदान गर्ने लक्ष्य राखिएको बेलायती अर्बपति तेज कोहलीको भनाई छ । सन् २०२६ भित्रै ४ लाख मानिसको मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ ।हाल विश्वका ९ करोड मानिसमा मोतियाविन्दुको समस्या देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन घोषणा, के के गर्न पाइदैन हेर्नुहोस् सूचना
काठमाडौं । कोरोना महामारी तिब्र रुपमा फैलिएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति जारी गरी पछिल्ला दिन कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा पूर्व निर्धारित परीक्षाहरु, हवाई सेवा र सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइने जनाइएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्ला दिन ७३५ जना सक्रिय संक्रमित पुगेका छन् ।


Last Updated on: May 7th, 2021 at 12:14 pm
४०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया