बुधबार ०५ माघ २०७८

रासस : जातीय वि’भेदमुक्त समाज निर्माणका लागि दलित समुदाय बाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१ गोदाम चौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो ।

सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदाम चौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मका’ण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरे । सो अवसरमा पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताए ।

“पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ”, उनले भने। पण्डित पोखरेलले छुवाछूत र वि’भेदमुक्त समाज निर्माणका लागि भागवत सप्ताहमार्फत

अभियान सञ्चालन गरिरहेको अवस्थामा पण्डित नारायणप्रसाद पोखरेलको ह,त्या भएको स्मरण गरे । क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले वि’भेदमुक्त समाज निर्माणका लागि सनातन गोरक्ष राष्ट्र नेपालले अगाडि सारेको अभियान सराहनीय रहेको बताए ।

विश्वकर्मा समाज नेपालका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले समाजमा दलितमात्र नभई हरेक समुदायमा विभेद भएको भन्दै उक्त विभेदका विरु’द्धमा युवाहरु अगाडि बढ्नु पर्ने उल्लेख गरे । सनातन गोरक्ष राष्ट्र नेपालका संयोजक अर्जुन रानाले दलित समुदाय सीप र कलाको धनी समुदाय भएकाले उनीहरुलाई राम्रो व्यवहार गरेर देशको विकासले गति लिने बताए ।


Last Updated on: July 18th, 2021 at 5:53 am
७१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया