बुधबार ०५ माघ २०७८

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाड्ने विषेश अदालतका अध्यक्षको सरुवा भएको छ ।

गच्छदारलाई छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की इलाम सरुवा हुनुभएको हो ।कार्कीलाई उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रुपमा काजमा पठाइएको छ ।

सर्वोच्चले कार्कीको काज सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन् । अध्यक्ष कार्कीले काज सरुवाको निर्णय भएको जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ५६ लाख रुपैयाँ बिगो दाबी गरेर मु’द्दा चलाएका गच्छदारलाई १० लाख धरौटीमा छाडिएको थियो ।गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

मु’द्दा चलेको डेढ वर्षपछि फरार गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले त्यही दिन धरौटीम छाडेको थियो ।इमेज खबर


Last Updated on: July 18th, 2021 at 7:24 am
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया