बुधबार ०५ माघ २०७८

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनु पूर्व देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् ।

उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ दिन भएको बताएका छन् ।

शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लागि आजको दिन विशेष कार्य सिद्धिको योग परेको ज्योतिषी रिजालले बताएका छन् । उनले सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु शुभ भएको उल्लेख गर्दै नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने बताएका छन् ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अन्तर्गत प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने तयारी थालेका छन् ।


Last Updated on: July 18th, 2021 at 11:56 am
४६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया