शनिबार ०८ माघ २०७८

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीमा कांग्रेस सभा पति शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक मुख खोलेका छन्। गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापित गर्दै प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो।

पूर्वराजा शाहले सामाजिक सञ्जालमार्फत् शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्ने उल्लेख गर्दै तर जनतालेसोचे कस्तो कहिल्यै पूरा नहुने बताएका छन्।

प्रधानमन्त्रीलाई शा,सकको भाषा प्रयोग गरेका पूर्वराजा शाहले लेखेका छन्, शासकको मूल कर्तव्य मुलुक र जनताको हीतमा हुनु जरूरी छ। जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको।’

पूर्वराजा ज्ञानेन्द्र शाहले देशका लागि युवा नै सर्वेसर्वा रहेको बताएका छन्।

पछिल्लो समय देशको राजनीतिक गतिविधि लाई नजिकबाट नियाली रहेका पूर्वराजा शाहले अहिलेको समयमा युवा नै देशको लागि उत्तम विकल्प रहेको बताएका हुन्।

शाहले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन् ‘राज्य र जनताको सम्बृद्धिलाई थाती राखी व्यक्तिगत स्वार्थमा रमाउने शासक भए नागरिक ले कहिले पनि उँभो लाग्ने अवस्था आउन सक्दै न।’

जनमतको कदर गर्न नजान्ने शासक र ऊद्वारा स्थापित कुनै पनि राज्य प्रणाली प्रभावकारी हुन सक्दैन भन्दै पूर्वराजा शाहले हाम्रो जस्तो अल्प विकसित राष्ट्रका लागि युवा नै सर्वेसर्वा रहेको बताएका छन्।

बाढी–पहिरोसहितका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न आग्रह गरेका छन् ।

बिहीबार पूर्वराजा शाहले एक वक्तव्य जारी गर्दै प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भए काले पूर्वसावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गरेका छन्।

उनले वक्तव्यमा भनेका छन्, ‘अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रवन्ध प्रभावकारी रुपमा होस् भन्ने हाम्रो आग्रह छ ।’

‘देश कोभिड–१९ को महा`मारीबाट आ`क्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको छ

। हिमाल, पहाड र तराईका धेरै जिल्लामा कतिपय जनधन तथा भौतिक निर्माणमा क्ष`ति भएको एवम् ग्रामीण तथा शहरी बस्तीका बासिन्दाको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दु`खित तुल्याएको छ,’वक्तव्यमा भनिएको छ ।

मनसुनको सुरुमै यस्तो क्षति भएकाले आउँदा दिन अझ चुनौतिपूर्ण हुने भन्दै पूर्वराजा शाहले सबै मिलेर महा`मारी र प्राकृतिक विप`त्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने उल्लेख गरेका छन्।


Last Updated on: July 18th, 2021 at 2:08 pm
८९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया