बुधबार ०५ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि पोखरामा रहेका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका छन्।

कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि काठमाडौं आउँदै छन्।

उनी सडकमार्गबाट काठमाडौं आउँदै थिए। पोखराबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिएका थिए।

थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीले थापा काठमाडौं आउँदै गरेको बताए। थापा हेलि एभरेष्टमार्फत् काठमाडौं आएका छन्। थापासँगै पूर्वमन्त्री यज्ञ थापा पनि छन्।

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतका लागि प्रस्ताव राख्दैछन्। आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ!


Last Updated on: July 18th, 2021 at 2:42 pm
३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया