बुधबार ०५ माघ २०७८

एमाले नेता प्रभु साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको छ ।

महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलो`चना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घो`षणा गरेपछि यसबारे ह`ल्लीख`ल्ली भएको हो ।

मंगलबार भक्तपुरमा साहले आईटी आर्मी घो`षणा गरिरहेका बेला ललितपुरस्थित च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । आईटी आर्मी घो`षणा गर्न लागेकोबारे एमाले बैठकमा सहभागी नेताहरुबीच सोधखोज नै भएको थियो ।

यो पनि,,
आईटी आर्मी घो,षणा गर्दै टोपबहादुरले भने – अदालतले प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गर्‍यो कतिपयले साहले घोष,णा गरेको ‘आईटी आर्मी’ ले के गर्ने हो ?

यसको सङ्गठन कस्तो हुने हो भन्दै चासोपूर्वक सोधखोज गरेको बैठकमा सहभागी एक नेताले बताए । त्यसो त माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साहले आईटी आर्मी घोषणा एमाले नेताहरूलाई जानकारी गराएरै गरेको बुझिएको छ ।

आईटी आर्मी घो`षणा गर्दा पनि उनले एमालेका नेताहरूलाई निम्तो समेत दिएका थिए । तर, साहको निम्तोलाई नेताहरूले महत्त्व दिएको भने देखिएन । साहले प्रवक्ता प्रदीप ज्ञवालीदेखि साइबर सेना सञ्चालन गरेका महेश बस्नेत समेतलाई निम्तो दिए पनि कार्यक्रममा कोही सहभागी भएको देखिएन ।

साहले आईटी आर्मी घो´षणा गर्दा पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट सुमन प्याकुरेल लगायतका नेताहरू भने सहभागी भएका थिए । रातोपाटी बाट


Last Updated on: July 21st, 2021 at 1:04 pm
१०८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया