सोमबार १० माघ २०७८

काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रा¥न्ति भएको बताउनुभएको छ ।

आज आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अ’दा’लतले राजनीतिक नियुक्ति गरेजसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रा¥न्ति गरेको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उहाँको भनाई छ ।

एमाले नेता प्रभु साहले राज्यका अंगहरुबीचको सन्तुलन कायम हुन नसकेको बताउनुभयो । सर्वोच्च संस्था राष्ट्रपतिले गरेको निर्णयलाई पनि उल्ट्याउने स्थिति बनेको भन्दै उहाँले न्यायाधिशहरुको भुमिका न्याय दिने नदेखिएको उहाँले बताउनुभयो ।

आईटी आर्मिले राज्यका निकायमा भएका कमी कमजोरीहरुलाई औँल्याउँदै जनतालाई सुसुचित गराउनु जरुरी रहेको उहाँको भनाई छ ।एमालेमा गएका पूर्व मा’ओ’वादी नेताहरुले श्रमजीवी तथा उ’त्पिडित जनताको मु’क्ति तथा मुलुकमा सामाजिक न्याय, सु’शासन, सदाचार, स्थायित्व, समृद्धि र

विकास सहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने भन्दै आइटी आ’र्मि गठन गरेका छन् । चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी रहनेगरी तिनै तहमा संगठन निर्माण गर्नेगरी आईटी आ’र्मि घो’ष’णा गरिएको हो ।इमेज खबर


Last Updated on: July 21st, 2021 at 2:04 pm
३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया