बुधबार ०५ माघ २०७८

काठमाडौं । न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो कलरको प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेड बुल’ बिक्री वितरण गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट मंगलबार २ सय २ कार्टुनमा रहेको ४ हजार ८ सय ४८ थान रेडबुल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका

सञ्चालक ४४ वर्षीय रबिनराज ‍श्रेष्ठ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० निलो पुल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-३ घर भएका शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धन बहादुर श्रेष्ठ, रेड बुल ओसारपसारमा संलग्न काठमाडौं महानगरपालिका-११ गोंगबु

बस्ने बाँके कोहलपुर नगरपालिका-९ घर भएका ३६ वर्षीय राजु पौडेल र काठमाडौं गोठाटार बस्ने सर्लाही हरिपुर नगरपालिका-१ घर भएका ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । काठमाडौंका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित रेड बुल ल्याई

बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न चा जनालाई पक्राउ गरेको हो । उक्त २ सय २ कार्टुनमध्ये रबिनराजको स्टोरबाट ५९ कार्टुन, धन बहादुरको स्टोरबाट ५९ कार्टुन र बा. २१ च १२५ नम्बरको टाटा

पिकअप भ्यानमा राखी बिक्री वितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट ८४ कार्टुन रेड बुल बरामद भएको हो ।उनीहरुलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि भन्सार बिभाग पठाइने महानगरीय अपराध महाशाखाले जनाएको छ ।

२०७६ असार २ मा प्रकाशित राजपत्र भाग ५ को सूचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ, Flavoured Synthetic Drinks र यस्तै प्रकारका पेय पदार्थहरूको बिक्री वितरणलाई पूर्णरुपमा बन्देज गरिएको छ । इमेज खबर बाट


Last Updated on: July 21st, 2021 at 6:18 pm
९२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया