बुधबार १२ माघ २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अप`मान सहेर कोही बस्न नसक्ने बताएका छन्।

बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अप`मान सहेर बस्न पनि नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि मु`श्किल पर्ने बताए।

‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन्,’ नेपालले भने, ‘गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशीक्षण हामीले पाएका छैनौं ।’

अरूको अप`मान गर्नेले समाज र राष्ट्रको अपमान पनि गर्ने भन्दै उनले प्रवृत्तिलाई निरुसा`हन गनुपर्ने बताए।

कम्युनिष्ट आ`न्दोलनलाई बलियो बनाएर अगाडि बढ्नु पर्ने बताउँदै उनले कम्युनिस्ट आन्दो`लन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए।

‘यो कम्युनिष्ट आन्दो`लनलाई बलियो बनाएर हामी राजनीति गर्छौं, आ`न्दोलनलाई सही दिशामा लिएर जाने क्रा`न्तिकारी पार्टीलाई हामी बलियो बनाउन चाहन्छौं’, उनले भने।

‘पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेका छौ। त्यहि अनुसार अगाडीको बाटो तय गर्छौ,’ उनले भने।

यस्तै नेता नेपालले आफूवि`रुद्ध पार्टी भित्रैबाट भइरहेको प्रदर्शन र आलो`चनालाई नाटक भन्दै यस्तो काम गर्नेहरू अप`राधी र फटाहा भएको टिप्पणी गरेका छन्।

‘अपराधिक, शो`षक, सामन्ती, जाली-झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ,’ उनले भने।

उनले पार्टीभित्र घाउख`टिरालाई औषधिसँगै आत्मबलले निको पार्नुपर्ने पनि बताए। ‘कम्युनिष्ट आ`न्दोलनलाई सही दिशामा लैजाने क्रा,न्तिकारी पार्टीको

स्वरुप लिएर एमाले अघि बढोस् भन्ने हामी चाहन्छौं, त्यो रुपमा एमाले अघि बढ्छ कि बढ्दैन, हामी हेरिरहेका छौं,’ उनले भने। सेतोपाटि बाट


Last Updated on: July 22nd, 2021 at 3:15 pm
५९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया