बुधबार १२ माघ २०७८

काठमाडौं, ७ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिने दिन रावलले असन्तुष्टि जनाउँदै सांसद पदबाट रा’जी’नामा दिएको घोषणा गरेका थिए । उनको राजीनामा सभामुख अग्नि प्रसाद सापकोटाले अझैसम्म स्विकृत गरेका छैनन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै नेताले रावललाई त¥त्काल सांसदबाट दिएको रा’जीनामा फिर्ता लिन आग्रह गरेका छन् । रावलनिकट स्रोतका अनुसार रावलले आज नै राजीनामा फिर्ता लिने तयारी गरेका छन् । पार्टीभित्रको वि’वादमा रावल नेता नेपालनि’क’ट मानिन्छन् ।

तर, पछिल्लो समय उनी कार्यदलको संयोजकमा रुपमा काम गर्दा र १० बुँदे सहमति गरेपछि अध्यक्ष ओलीसँग नजिक भएको चर्चा पनि चलेको छ । तर, रावलले भने यसमा कुनै स’त्यता नभएको स्पष्ट पार्दै आएका छन् ।

हिजोमात्रै नेता नेपालले रावललाई उनकै निवासमा पुगेर भेटेर दायाँ बायाँ नसोची राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । नेपालसँगको भेटमा रावलले यसबारेमा कुनै प्रतिक्रिया नदिएको बताईएको छ । file photo


Last Updated on: July 23rd, 2021 at 6:26 am
४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया