बुधबार ०५ माघ २०७८

काठमाडौ । नेपाली कांग्रेसले तीन जनालाई मन्त्री बनाउने टुंगो लगाएको छ ।

गण्डकी प्रदेशमा मन्त्री बन्ने टुंगो सत्तारुढ नेपाली कांग्रेसले लगाएको हो । कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने भएको हो ।

माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ खुवाउने तयारी छ ।

सत्तारुढ दलहरूबीच मन्त्रीको विषयमा किचलो हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ । कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएपछि गण्डकी प्रदेश सरकारले पूर्णता पाउने भएको छ।

बिहिबार ११ मन्त्रालयमध्ये गठबन्धनबाट कांग्रेसले५, माओवादीले४, जसपाले१ र स्वतन्त्र सांसदले १ मन्त्रालय पाउने टुंगो लागेको थियो ।

लगत्तै माओवादीले बिहीबार नै बाँकी तीन मन्त्रीको टुंगो लगाएको थियो। कांग्रेसले शुक्रबार मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेको हो। ताजा खबर बाट


Last Updated on: July 23rd, 2021 at 4:14 pm
३९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया