बुधबार ०५ माघ २०७८

काठमान्डौ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिबाट हिन्दु धर्मको आस्थामा आ`घा,त पुगेको दाबी गर्दै विश्व हिन्दु महासंघले आप`त्ति जनाएको छ।

महासंघकी महासचिव अस्मीता भण्डारीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘जनता समाजवादी पार्टीका संघीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दु धर्मावलम्बी

ॐकार परिवारको आस्था र विश्‍वासप्रति प्रहार गर्दै सामाजिक सञ्‍जाल ट्विटरमार्फत गरेको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ डा. भट्टराईलाई का`नुनी दा`यरामा ल्याई कार`बाही गर्नसमेत महासंघले सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो धार्मिक आस्था र विश्वासमा कुठाराघात गर्दै अप`मा`नजनक अभिव्यक्ति दिने डा. बाबुराम भट्टराईलाई यथाशीघ्र का`नुनी दायरामा ल्याई का`र`बाही गर्नका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष माग गर्दछौं।’

यही साउन ६ गते डा. भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूधधारा अर्पण गर्दै गरेको तस्बिरबारे आफ्नो धारणा राखेका थिए। नेपाल खबर बाट


Last Updated on: July 24th, 2021 at 7:26 am
९६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया