बुधबार १२ माघ २०७८

काठमाडौं । शनिबार माइतीघरबाट सुरु भएको ‘युथ फोर्स भ्याली कमा,ण्ड घोष,णा सभा’ कार्यक्रममा नेकपा एमाले ओली समूहका सयौँ कार्यकर्ताको सहभागिता रहेको थियो ।

बबरमहलको कार्की ब्यांक्वैटमा गएर सभामा परिणत भएको घो,षणा कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले युथ फोर्स ब्युँ`तिएको भनेर घो,षणा गर्ने पूर्वतयारी गरिएको थियो ।

तर, कार्यक्रममा अध्यक्ष ओली अनुपस्थित भए । उनको ठाउँमा पार्टी महासचिव ईश्वर पोखरल प्रमुख अतिथि बने । त्यसपछि युथ फोर्स ब्युँ`ता`इयो ।

र्याली घोषणा सभामा परिणत हुनुअघि माइतीघरमा निकालिएको र्यालीमा सहभागी कार्यकर्ताहरुले औँधी फोहोर गरे । कसैले पानी बोतल पिएर सडकमै फाल्दिए ।

कसैले खैनी खाए, सडकमै त्यसको खोस्टा मिल्काए । र्यालीमा सहभागी भएका कसैले फोहोर सही ठाउँमा व्यवस्थापन गरेनन् । र्याली अघि बढेर सुन्य भएपछि त्यहाँ एकजना बूढो मान्छे देखा परे ।

उनीसहित केही युवाहरु पनि देखिन्थे । ती वृद्धसहित युवाले सडकमा फालिएका फोहोर उठाएर सही ठाउँमा व्यवस्थापन गरे ।ती वृद्ध कोही थिएनन्,

शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधारको मागसहित बे,थितीवि,रुद्ध उत्रिदै आएका डा. गोविन्द के.सी. थिए । शनिबार उनको पनि माइतीघरमा शिक्षा र स्वास्थ्य क्षेत्रकै

सुधारका लागि वि,रोध कार्यक्रम तय गरिएको रहेछ । तर, युथ फोर्सका युवाहरु आएर बिथोले । युथ फोर्सको नाराबाजी सकिएपछि डा. गोविन्द के.सी.सहितका युवाले त्यो फोहोर उठाए ।

‘विरोध सभाका लागि आएको थियौँ– शिक्षा र स्वास्थ्य क्षेत्रका सुधारका लागि । त्यस क्षेत्रका पार्टीका कार्यकर्ता पदाधिकारीमा मनोनयन गरेर संस्थानलाई धराशायी बनाइरहेका छौँ,’ उनले भने,

‘अहिले धरानको बिपि प्रतिष्ठानमा पार्टीका कार्यकर्ताले चरम ला,परबा,ही गरेका छन् । र, अहिले हामी च,रमबद्ध आन्दो,लनमा छौँ ।’

युथ फोर्सले फालेको फोहोर
यहि सिलसिलामा वि,रोध सभा आयोजना गर्नुअगावै युथ फोर्सका कार्यकता आएर नाराबाजी सुरु गरेर फोहोर गरेको उनले सुनाए । उनले भने, ‘प्लास्टिक र खैनी खाएपछि खोलहरु जताततै फाल्दिएका रहेछन् ।

फोहोर फाल्नुपर्ने ठाउँमा नफालेर जतातजै फाल्नुभको रहेछ । त्यसैले हामीले फोहोर उठाएर डस्टविनमा हाल्यौँ ।’ साथै, अबदेखि जोकोहीले पनि सार्वजनिक स्थानमा फोहोर नफालेर निश्चित ठाउँमा लगेर फाल्नुपर्ने पनि उनले बताए ।

त्यसपछि उनले एक मिडियाकर्मीसँग भनेका छन्, ‘र, अर्काे कुरा देशको फोहोर, अप,राधिकरण गर्ने नेता, चाहे मन्त्री हुन् चाहे प्रधानमन्त्री, संसद हुन् । हामी सफा गर्छाैँ ।’ न्युज२४ बाट


Last Updated on: July 25th, 2021 at 7:06 am
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया