बुधबार ०५ माघ २०७८

भारतमा एक जना बहालवाला सांसदलाई चुनावका बेला मतदातालाई किनेको कसुरमा जे`ल स`जाय सुनाइएको छ।

टाइम्स अफ इन्डियाका अनुसार तेलंगना राष्ट्र समिति पार्टीकी लोकसभा सदस्य मालोथ कवितालाई एक अदालतले सन् २०१९ को आमचुनावमा मतदातालाई

पैसा दिएको कसु`रमा ६ महिना जेल सजा`य सुनाइएको हो।सांसद कविता र उनका सहकर्मीले यो फैसलावि,रूद्ध उच्च न्यायालयमा पुनरावेदन गर्न सक्नेछन्।

लोक सभा सांसद र प्रदेश सभा विधायकवि`रूद्धका मु`द्दा हेर्ने विशेष अदा`लतले यसअघि पनि जनप्रतिनिधिलाई का`रबा`ही गरेको थियो तर लोकसभाका बहालवाला सांसदलाई मतदातालाई किनेको कसु`रमा सजा`य सुनाएको यो पहिलो पटक हो।

गत चुनावमा तेलंगनाको महाबुबावाद उम्मेदवार बनेकी कविताका सहयोगी सौकात अली मतदातालाई पैसा बाँडिरहेका बेला पक्रा`उ परेका थिए। उनले कवितालाई भोट हाल्नका लागि प्रतिव्यक्ति ५ सय भारुका दरले पैसा बाँडेको स्वीकारेका छन्।

अदा`लतले उनीहरू दुबै जनालाई १०/१० हजार जरिवाना पनि तोकेको छ।

भारतको सर्वोच्च अदा`लत आदेश दिएपछि सन् २०१८ मार्चमा विशेष अदा`लत गठन भएको हो। सेतोपाटि बाट


Last Updated on: July 25th, 2021 at 12:30 pm
५९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया