बुधबार ०५ माघ २०७८

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अले राजीनाको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफुले राजीनामा दिन लागेको बताएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफूलाई दुःख दिएको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

एन्फा उपाध्यक्ष नेम्वाङले आफूलाई अनेक बहाना बनाएर दिनदिनै दुःख र हैरानी दिएको प्रशिक्षक अलमुताइरीको भनाइ छ । राजीनानामा दिने जानकारी गराएका उनले आजै एन्फामा उक्त राजीनामा पत्र बुझाउने समेत बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘म राजीनामा दिन एन्फामा जान लागेको छु, किनभने वरिष्ठ उपाध्यक्षका कारण म बाध्य छु । पछिल्लो ३ हप्तादेखि उनले ममाथि नाटक गरिरहेका छन् । अब खुशी होलान् ।’

एन्फाले कुबेती नागरिक अलमुताइरीलाई २०७७ चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।


Last Updated on: July 25th, 2021 at 1:07 pm
५५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया