बुधबार ०५ माघ २०७८

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको महामा`री रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताउनुभएको छ ।

अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको महामा`रीको प्रभा`वबाट

कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताउनुभएको हो । “नागरिकको स्वास्थ्यप्रति ग`म्भीर रहेको प्रदेश सरकार महामा`रीको दुवै च`रण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारी जनशक्ति तथा उपकरणको व्यवस्थापनमा प्रदेश सरकार

निरन्तर लागिरहेको छ”, मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “नागरिकको स्वास्थ्यप्रति हामी ग`म्भीर छौँ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छौँ ।”

रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहसँग समेत सहकार्य गरेको बताउँदै उहाँले सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको

सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम अन्तिम च`रणमा पुगेको जनाउनुभयो । कर्णालीका हरेक नागरिकलाई खोपको व्यवस्थापन गर्ने प्रतिब`द्धता जनाउनुभएका मन्त्री बुढाक्षेत्रीले

औषधि र जनशक्तिको अभा`वमा नागरिकले सेवाबाट वञ्चित नहुने भन्दै प्रदेशका विभिन्न नाकामा हेल्प डेस्कसहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताउनुभयो । ताजा खबर बाट


Last Updated on: July 26th, 2021 at 3:30 pm
४९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया