सोमबार १० माघ २०७८

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरमा सर्वसाधारणले मात्र होइन भिआइपी र उनका आफन्तले पनि अस्पतालमा वेड पाउन निकै कठिन छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठकी बुहारी निर्मला वैद्यको पनि अस्पतालमा

वेड नपाएका कारण उपचार नै हुन पाएन । अस्पताललमा उपचाररत वैद्यको मंगलबार निधन भएको प्रवक्त श्रेष्ठले जानकारी दिए।उनलाई अक्सिजन सहितको वेडको आवश्यकता थियो । तर केही दिन अघिदेखिनै अस्पताल खोजि गरेको भएपनि

अक्सिजनसहितको वेड पाउन नसकेको उनले जनाए। आइसीयू र भेन्टिलेटरको खोजी गरेको भएपनि पाउन नसकिएको र अन्तिम समयमा ट्रमा सेन्टरमा आइसीयू फेला परेको भएपनि बुहारीलाई बचाउन नसकिएको उनले बताए।‘केही दिन देखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउदा शुरुमा इमर्जेन्सी र

अक्सिजन सहितको बेडसमेत पाइएन ,आइसीयू र भेन्टिलेटर त परको कुरा’ श्रेष्ठले भने,‘पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसीयू खोज्न लाग्यौं।केही दिन पछि हिजो मात्र बल्ल ट्रमा सेन्टरको आसियुमा राख्न सक्यौं। तर बुहारीलाई बचाउन सकिएन।’भतिज विकल ९निर्मलाका श्रीमान० पनि संक्रमित छन् । उनका लागि पनि आइसीयू चाहिएको

अवस्थामा पाइने नपाइने ठेगान नभएको उनको भनाइ छ। समयमा नै उपचार पाउन नसकेर कयौंको दिनदिनै ज्यान गइरहेको भन्दै प्रवक्त श्रेष्ठले बुहारी अहिलेको हालतको एक दृष्टान्त भएको उनको भनाइ छ।
‘बुहारी निर्मला त अहिलेको हाम्रो हालत को एक दृष्टान्त मात्र हुन्। यसरी नै समयमा उपचार पाउन नसकेर कैयौंको दिनदिनै ज्यान गैरहेको छ’

उनले भने,‘म आफैले पनि अरु धेरै कोभिड संक्रमितहरुको लागि बेड र आइसियु खोजेको छु,तर पाइराखेको छैन।’श्रेष्ठले महामारीको यस्तो बेलामा सरकारले वेवास्ता गरिरहेको र त्यो क्षम्य हुन नसक्ने बताए। ‘महामारीको बेलामा स्वास्थ्य क्षेत्रको यो अब्यबस्था र बेवास्ता क्षम्य हुन सक्दैन’ श्रेष्ठले भने।


Last Updated on: May 11th, 2021 at 5:44 pm
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया