बुधबार १२ माघ २०७८

काठमाडौं । नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ। तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो।

सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दा`बी गर्दै आएका छन्। जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो।

यसलाई २०७२ सालको भू`कम्पले थप जीर्ण बनाएको थियो।यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो। एकातर्फका भाग प`हि`रोले पु`रि`एपछि

१ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ। चौडाइ २।५ मिटर र उचाइ तीन मिटर छ। पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौंडा छिचो`ल्न

यो सुरुङमार्ग निर्माण गरिएको थियो। त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।


Last Updated on: July 30th, 2021 at 10:26 am
३७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया