बुधबार १२ माघ २०७८

काठमाडौं । अमेरिकाले नेपाललाई भ्रमण गर्न नहुने मुलुकको सुचीमा राखेको छ ।

अमेरिकको विदेश मन्त्रालयले नेपालमा कोरोना महामारी अत्याधिक बढिरहेको भन्दै नेपाल भ्रमण गर्न नहुने मुलुकमा राखेको हो ।

यो सँगै अमेरिकाले नेपालमा भएका सबै आफ्ना नागरिकहरुलालई लाने जनाएको छ । उसले विमान चाटर्ड गरेर ललैजाने तयारी पनि गरेको छ ।

जसका लागि नेपालस्थित अमेरिकी दूतावासले स्वदेश फर्कन चाहने अमेरिकी हरुले नामावली दर्ता गराउने तयारी पनि गरेको छ । तर आफ्ना नागरिक लैजान भन्दै अमेरिकी दूतावासले गरेको प्रस्तावमा नेपाल सरकारले कुनै प्रतिकृया नदिएको जनाएको छ ।

सुनसरी र मोरङका उद्योगहरु पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्दै.
विराटनगर । कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभाव भईरहेको गुनासो आईरहेको बेला सुनसरी र मोरङका अक्सिजन उद्योगहरु भने पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन् ।

यता विराटनगरमा संचालित अस्पतालहरुले भने अक्सिजनको अभावमा संक्रमितहरुलाई उपचार गर्न समस्या परेको बताएका छन् । अधिकाशं अस्पतालहरुमा अक्सिजन अभाव भएको बाहानामा संक्रमितहरुको भर्ना लिन आनकान गर्दै अएका छन् ।

नारायाण दाहाल प्रबन्धक नोबेल शिक्षण अस्पताल विराटनगर मोरङको झोराहाटमा रहेको मारुती अक्सिजन उद्योगले दैनिक ३ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता भएपनि अहिले दैनिक डेढ सय देखि २ सय सिलिण्डर अक्सिजन मात्र उत्पादन गरिरहेको छ ।

पर्याप्त माग नआएको र सिलिण्डर अभावका कारण सो उद्योग महिनाको १६ दिन मात्र संचालन भईरहेको संचालक विवेक कुमार अग्रवालले जानकारी दिनुभयो ।

उहाँले शिलिण्डर लिएर आउनेहरुलाई रित्तो नफकाइने बताउनु भएको छ । विवेक कुमार अग्रवाल, संचालक, मारुती अक्सिजन उद्योग झोराहाट । सुनसरी सोनापुरमा रहेको विनायक अक्सिजन उद्योगमा रहेको दुई वटा अक्सिजन प्लाण्ट मध्ये एउटा प्लाण्ट मात्र संचालन भईरहेको छ ।

माग भन्दा पनि सिलिण्डर अभाव भएकाले एउटै प्लाण्टबाट अक्सिजन उत्पादन गरिरहेको उद्योगका संचालक अमित शारडाले जानकारी दिनुभयो । सुनसरी र मोरङमा ५ वटा अक्सिजन उद्योगहरु संचालनमा रहेका छन् ।

यी उद्योगहरुबाट दैनिक न्यूनतम १ हजार ५ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिन्छ । एउटा सिलिण्डरमा ४७ लिटर अक्सिजन जम्मा गर्न सकिन्छ । तर पछिल्लो समय अक्सिजनका सिलिण्डरहरु घरघरमा मौज्दात गर्ने प्रवृत्ति बढेकाले सिलिण्डर अभाव हुन थालेको र उद्योगहरु पूर्ण क्षमतामा संचालन गर्न नसकिएको उद्योगीहरुले बताएका छन् ।

सरकारले पर्याप्त सिलिण्डर उपलब्ध गराए पूर्व क्षेत्रमा अक्सिजनको अभाव नहुने अक्सिजन उद्योगीहरुको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अस्पतालले माग गरे अनुसार अक्सिजन उपलब्ध गराउन सकिने तर अस्पतालहरुले माग नगरेको बताउनु हुन्छ


Last Updated on: May 12th, 2021 at 3:10 pm
६६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया