सोमबार १० माघ २०७८

व्यास गाउँपालिका-२ मा’ल’घा’ट’मा महाकाली तर्ने क्रममा तु’इ’नबाट खसेर एक व्यक्ति नदीमा बे’प’त्ता भएका छन्। सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बे’प’त्ता भएका हुन्।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तु¥इन का’टि’दि’एको स्थानीय विक्रमसिंह धामीले दाबी छ। भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन का’टि’दियोे, नदीको बीच भागमा पुग्ने बेला तुइन का’टि’एपछि उनी बे’प’त्ता भएका हुन्,

पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौं’, धामीले भने, ‘पाँच-छ जना तु’इनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन का’टि’दिए, भारत पांगलमा रहेका एसएसबीले तुइन का’टि’दिएका हुन्।’

धामी बे’प’त्ता भएपछि अहिले स्थानीय आ’क्रो’शि’त बनेका छन्। नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बा’ध्य’ता छ। रासस


Last Updated on: July 30th, 2021 at 12:47 pm
६०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया