बुधबार ०५ माघ २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर अन्या,यमा परेको भन्दै सर्वोच्च अदा,लत पुनः गएका छन् ।

यसअघि पनि पार्टी आधिकारिकता लागि ‘हेड काउन्ट’ गर्न निर्वाचन आयोगले बोलाउँदा सर्वाेच्च गएका उनी आधिकारिकता विवाद टुंगेपछि पनि शुक्रबार सर्वाेच्च अदा,लत पुगेकाहुन् ।

सर्वाेच्चमा दर्ता भएको रि,टमा यादव पक्षलाई आयोगले दिएको आधिकारिता र आफ्नो समूहलाई नयाँ दल दर्ता गर्न दिने भनिएको निर्णय ब,दर गर्न माग गरिएको छ ।

सर्वाेच्चमा निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिट शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले लगाउमा राखी पेस गर्ने आदेश दिएको छ ।

पेशी आइतबारका लागि तोकिएको छ ।साउन ११ मा आयोगले जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दा यादव समूहले पार्टीको आधिकारिकता पाएको थियो ।

५१ सदस्यीय रहेको जसपामा हेड काउन्टका क्रममा निलम्बित सांसद रेशम चौधरी चटस्थ बस्दा यादव समूहको पक्षमा ३४ र ठाकुर समूहमा १६ सदस्यले हस्ताक्षर गरेका थिए ।

यादव समूहलाई आधिकारिकता दिइएपछि प्रचलित कानुन अनुसार ठाकुर समूहले नयाँ दल दर्ता गर्न सक्ने आयोगले भनेको थियो । नेपाल समाचार बाट


Last Updated on: July 30th, 2021 at 4:03 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया