शनिबार ०८ माघ २०७८

काठमाण्डाै – चीनले उइगुर समुदायमाथि द’मन गर्ने क्रममा कम्तीमा ६ सय ३० जना मुस्लिम धर्मगुरुहरुलाई ब’न्दी बनाएको पाइएको छ । उइगुर मानव अधिकार परियोजनाले संकलन गरेको तथ्याँक अनुसार २०१४ पछि शुरु भएको द’मनमा चीनले ती अगुवाहरुलाई ब’न्दी बनाएको हो । १८ जना धर्मगुरुहरुको हि’रास’तमै ज्यान गएको पाइएको बीबीसीले जनाएको छ ।

प’क्राउ पर्नेहरुलाई चरमपन्थी प्रचार गरेको, सामाजिक व्यवस्था भङ्ग गर्न भीड जम्मा गरेको, उक्साउने काम गरेको जस्ता आ’रो’पहरु लागेको छ । सन् २०१४ पछि कम्तीमा एक हजार ४६ जना धर्मगुरुहरु प’क्रा’उ परेकामा चर्को दबाबपछि केहीलाई रि’हा गरेको छ । चीनको पश्चिमी क्षेत्रमा पर्ने शिन्जियाङका उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर चीनले विश्वभरिबाट बढ्दो आलोचना खेपिरहेको छ ।

चीनले पछिल्ला केही वर्षभित्र १० लाखभन्दा बढी उइगर मुस्लिमलाई कै’द गरेको मानव अधिकारवादी समूहहरूको विश्वास छ । चिनियाँ सरकारले उनीहरूलाई पुनः शिक्षा शिविरहरूमा राख्ने गरिएको बताउने गरेको छ । उइगरहरूलाई बलपूर्वक श्रम गर्न लगाइएको र बलपूर्वक महिलाहरूको बन्ध्याकरण गर्ने गरिएको प्रमाण भेटिएको बीबीसीले जनाएको छ ।

उइगर मुस्लिमहरूमाथि द’म’न गरेर चीनले नरसंहार तथा मानवताविरु’द्धको अ’प’राध गरिरहेको संयुक्त राज्य अमेरिकाले आ’रो’प लगाएको छ । चीनको उत्तर–पश्चिमी शिन्जियाङ क्षेत्रमा बस्ने उइगरहरूको जनसङ्ख्या झन्डै एक करोड २० लाख छ । चीनमा शिन्जियाङ क्षेत्रलाई औपचारिक रूपमा शिन्जियाङ उइगर स्वायत्त क्षेत्र भनेर चिनिन्छ । उज्यालो अन्लाईन बाट


Last Updated on: May 13th, 2021 at 8:54 am
५१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया