सोमबार १० माघ २०७८

चितवन । मोहन वैद्य नेतृ`त्वको नेकपा माओवादी क्रा`न्तिका`री जिल्ला समिति चितवनले माडीमा जग्गा कब्जा गरेको छ ।

माडी नगरपालिका–२ पौहारी गाउँमा ट्वान्टीवान ग्रुप प्रपर्टी प्रा.लि.ले प्लटिङ गरेको विघौं–विघा जमिनमा झण्डा गा`डेर कब्जा गरेको घो`षणा गरेको हो ।

जनताको जमिन भूमाफियाहरूले कौडीको भाउमा किन्ने र करोडौंमा विक्रि गर्ने द`लाल प्रवृत्ति मौला`एको भन्दै त्यो हुन नदिने उनीहरूको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र जिल्ला सेक्रेटरी अशोक शर्मासँगै चितवन जिल्लास्तरका नेताकार्य कर्ताहरूको सहभागितामा जग्गा कब्जा गरेको घो`षणा गरिएको थियो ।

सम्पूर्ण भूमि राष्ट्रियकरण गर, जमिन माथिको खण्डीकरण वन्द गर, भूमाफियाहरुलाई का`र`वा`ही गर लगायतका नारा लेखिएको ब्यानर सहित पार्टीको झण्डा गा`डि`एको हो ।

यसैबीच, व्यक्तिको निजी जग्गा कसैले अनधिकृत रूपमा क`ब्जा गर्न नपाइने भन्दै इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माको नेतृ`त्वमा ख`टिएको प्रहरी टोलीले झण्डा र ब्यानर हटाइदिएको छ ।


Last Updated on: July 31st, 2021 at 8:53 pm
५४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया