बुधबार ०५ माघ २०७८

काठमाडौं। ३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत। एक रातमै आएको बाढीले च’कनाचुर।

Aमेलम्ची आयोजना फेरि अ’न्योलमा। ‘सपनाजस्तै बनेको’ मेलम्चीको पानी आफ्नै घरको धारामा झर्दा राजधानीवासीले पानीको दुःख अन्त्य भएको महसुस गरे। तर, त्यो खुसी धेरै दिन टिकेन।

मेलम्ची नदीमा असार १ गते आएको बाढीले आयोजनालाई क्ष’तविक्षत बनाएको छ। वर्षायाममा खोलामा बाढी आउनु स्वाभाविक हो। तापनि, यत्रो ठूलो राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा ‘सम्भावित जो’खिम’तर्फ ध्यान नपुगेको यसले देखाउँछ।

किन भएन पुनर्निर्माण ?बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचनासम्मको आठ किलोमिटर बाटोको ना’मनिसाना छैन। बाटो नहुँदा मुख्य संरचनासम्म न कामदार पुग्न सकेका छन् न त तत्काल डोजर पुग्ने अवस्था नै छ। बाढीले क्षति पु¥याएको दुई साता बित्दा पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन।

असार १ देखि ४ गतेसम्म भएको अविरल वर्षाले आयोजनामा नराम्ररी क्षति पुगेको हो। परियोजनाको सुरुवात बिन्दु, बाँ’ध, अडिट सुरुङ, हेडवर्क्स, प्रवेश मार्ग, पुल र सुरु बिन्दुका संरचना क्ष’तिग्रस्त भएका छन्।

मुख्य सुरुङमा क्ष,ति नपुगेको होला भन्नेमा आयोजनाका कर्मचारीमा झिनो आशा छ। मुख्य सुरुङ बाढीले पु’रिएको छ। आयोजनाले ६० दिनमा सुरुङ खाली गरी निरीक्षण गर्ने र पुनः काठमाडौंमा पानी पठाउने योजना बनाइरहेका बेला बाढीले वि’तण्डा म’च्चायो।

राष्ट्रपतिले गत चैत २० गत उद्घाटन गरे पनि भदौ दोस्रो साताभित्र काठमाडौंवासीलाई दी’र्घकालीन रुपमै पानी पिलाउने लक्ष्य आयोजनाले लिएको थियो। मेलम्ची बजारबाट हे’डवर्क्स (मुख्य बाँध) भएको अम्बाथानसम्म २२ किलोमिटर सडक प्रवेशमार्गका रूपमा छ।

प्रवेशमार्गको चनौटेसम्म आं’शिक क्षति पुगेको छ। चनौटेबाट मुख्य प्रवेशमार्ग अम्बाथानसम्मको ८ किलोमिटर सडक र पुलको संरचना ध्व’स्त छन् ।यस्तै, मुख्य संरचना हे’डवर्क्स र वरपरका संरचना बाढीले ब’गाएर ल्याएको नदीजन्य प’दार्थले पुरिएका छन्।

नदीको सतहमा २ किलोमिटरसम्म ढुंगा, गिट्टी, बालुवा जम्मा भएका छन्। आयोजनाको मुख्य संरचनासम्म जाने बाटो नै नभएकाले पहिले बाटो बनाउने अनि थु’प्रिएका फोहोर ह’टाउने आयोजनाको तयारी छ। मुख्य संरचना भएको अम्बाथानसम्म डोजर पुर्याउन बाटो आवश्यक छ। अन्नपूर्ण पोस्ट्


Last Updated on: August 1st, 2021 at 6:46 pm
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया