बुधबार ०५ माघ २०७८

सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा ढुङ्गा खस्दा एक जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ का २३ वर्षीय आशिष खाँड रहेका छन् । जिपका सह-चालक रहेका खाँडको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

साेमबार बेलुका स्याङजाबाट बुटवलतर्फ जादै गरेको लु २ च ७३८७ नम्बरको साे जिप तिनाउ गाउँपालिका वडा नं. ३, रामापिथेकस नजिकै खसेको प’हिरोमा परि स्याङ्जाको चापाकोट नगरपालिका-५ का चालक डिलु थापा घा’इ’ते भएको जिल्ला प्र’हरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

ढुङ्गासहितको प’हि’रो खसेपछि उनीहरु घा’इते भएको प्रहरीले जनाएको छ । प’हिरोसहितको ढुङ्गा खसेका कारण अवरु’द्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल ख’ण्ड स्थानीय र प्र’हरीको सहयोगमा एकतर्फी सुचारु भएको पनि प्र’हरीले जनाएको छ ।नेपाल खबर


Last Updated on: August 3rd, 2021 at 7:56 am
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया