सोमबार १० माघ २०७८

काठमाडौं । कोरोनाबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । महानगरीय अपराध महाशाखामा अन्तरगर्त पिसिसिबी ठिमीमा कार्यरत पुरीको बिहिवार विहान निधन भएको हो ।

उनको घर सिन्धुपाल्चोकको जुगल गाउँपालिका मा रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।स्वास्थ्यमा समस्या आएपछि उनी वैशाख १८ बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारार्थ थिए । तर उनको स्वास्थ्यमा सुधार नआई विहिवार विहान निधन भएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले बताए ।

अपराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।यो पनि, एमाले प्रदेश कमिटी सदस्यको मृत्यु कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको आज मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना

सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो ।लामो राजनीतिक इतिहास बोकेका कठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवानेताका रूपमा चिनिँदै आउनुभएको थियो । उहाँको मृत्युले सि¬ङ्गो नेकपा एमाले डोटीसहित प्रदेश कमिटी स्तब्ध भएको

एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताउनुभयो ।उहाँले भन्नुभयो, “कठायतजी पार्टीका लागि एक कर्मठ, इमान्दार र त्यागी नेता हुनुहुन्थ्यो, उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति भएको छ ।” केही दिन पहिले कोरोना परीक्षण गर्दा उहाँको पिसिआर पोजेटिभ देखिएको थियो । उहाँसहित कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।


Last Updated on: May 13th, 2021 at 3:55 pm
४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया