बुधबार ०५ माघ २०७८

काठमाडौं : सरकारले रेल विभागका महानिर्देशक दीपक कुमार भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय हो। यसअघि रेल विभागले विभिन्न ठेक्कापट्टामा चलखेल गरेको गुनासो सुनिँदै आएको थियो ।

विशेषगरी काँकडभिट्टादेखि सुनसरी–इनरुवासम्मको रेल्वे लाइन सम्बन्धी ठेक्कामा चलखेल भएको बताइँदै आएको छ। सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

विभागमा बसेर उनले प्रभा,वकारी काम नगरेको, अनावश्यक ठेक्कापट्टामा मात्रै ध्यान दिएको आरोप सरकारको छ । यस्तै, सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान सम्बन्धी आयोग विघटन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ओली सरकारको बहि र्गमनसँगै एमाले नेता देवी ज्ञवाली नेतृत्वको यो आयोग खारेज गर्ने तयारी थियो।

ओली सरकारले देशका सबै जिल्लामा यो आयोगको कार्यालयले खोलेर कार्यकर्ताहरूलाई जिम्मेवारी दिएको थियो।खबर हाउस


Last Updated on: August 4th, 2021 at 8:43 am
४०० पटक हेरिएको

तपाईको प्रतिक्रिया